मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने « Khabarhub

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

मधेशलाई सङ्‍कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा गृह मन्त्रालयमा आयोजित समन्वयात्मक बैठकमा बोल्दै गृहमन्त्री लेखकले वैकल्पिक स्रोतहरुको पहिचान र वैज्ञानिक वितरणको व्यवस्था मिलाउनका लागि प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण र समन्वय गर्न निर्देशन दिए ।

‘हिजोमात्रै प्रधानमन्त्रीले बोरिङ गर्ने भनेर घोषणा गर्नुभएको छ कुनकुन ठाउँमा बोरिङ गर्नुपर्ने हो पहिचान गर्नुपर्‍यो
आवश्यक्तालाई प्राथमिकीकरण गर्नुपर्‍यो । छिटो प्रक्रियाबाट बोरिङ ट्युबवेल जडान गर्ने काम थाल्नुपर्‍यो ।’

मधेशमा खानेपानी र सिंचाइको समस्या भएका स्थानहरुको पहिचान गर्नुपर्ने, चापाकल, बोरिङ, सेलोट्युवेल, ड्रिप ट्युबवेल सुकेको कुरा पनि आइरहेको बताउँदै गृहमन्त्री लेखकले विपद्‍ सङ्‍कट ग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीहरुलाई विशेष अधिकार रहेको बताए । उनले ती अधिकारहरुको प्रयोग गरेर चाँडो समस्याको समाधान गर्ने बताए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : १३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र