तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप « Khabarhub

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई पूर्णखोप लगाइएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकाका दुई लाख ९० हजार ६८५ पशुमा पूर्णखोप लगाएको हो ।

सङ्क्रामक रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्णखोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल पार्ने लक्ष्य राखेको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयातनिर्यात हुने भएकाले पूर्णखोप सुनिश्चित अभियान सञ्चालन गरिएको उनले बताए ।

प्रमुख अधिकारीका अनुसार खोप कार्यक्रमका लागि ९३ जना खोपकर्ता नियुक्त गरिएको थियो । दश स्थानीय तहका एक हजार ११३ टोल, ८५ वटा वडा, ४६ हजार ७१ घरधुरीमा पुगेर दुई लाख ९० हजार ६८५ पशुमा खोप लगाइएको उनले जानकारी दिए । उनका अनुसार छ हजार ६२४ कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।

अधिकारीले व्यास नगरपालिकामा सबैभन्दा बढी ३६ हजार ९२९ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा १८ हजार १०७ पशुमा खोप लगाइएको जानकारी दिए। पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यमा पार्ने नकारात्मक असरबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रणमा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : १८ बजे

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा