प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै « Khabarhub

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।

कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्मलाई उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिए । उनका अनुसार कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको हो ।

“नार्कबाट ल्याइएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ प्रमाण्पत्र (लाइसेन्स) प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ”, उनले भने, “कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्नेछन् ।”

बीउ उत्पादकद्वारा उत्पादित उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकसहरू बनाउने, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराइने बाली विकास अधिकृत खनालले बताए ।

उनका अनुसार आवश्यकता हेरी प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्रै उन्नत बीउका रूपमा बजारमा पठाउने गरिएको छ । कार्यालयले उत्पादित बीउको डेसिस प्रणालीमार्फत समूह, सहकारी, फार्म र बीउ बिक्रेता व्यवसायी तथा कृषकलाई जोडेर बजारीकरणमा सहजीकरण गर्दै आइरहेको उनको भनाइ छ ।

बीउ उत्पादकलाई रामधान, सावित्री, हर्दिनाथ, सावा मन्सुली सव–१, मकैको मनकामना–३, गहुँ, बोडीको मालेपाटन–१, चौमासे सिमी, भटमासको खजुरे भटमास–१, कोदोको सैलुङ्गे–१, काभ्रे–१ र ओख्ले जातका मूल बीउ उपलब्ध गरिँदै आइएको बाली विकास अधिकृत खनालले जानकारी दिए।

कार्यालयले मूल बीउ उपलब्ध गराएसँगै बीउ उत्पादक समूह, सहकारी र फार्ममार्फत स्याङ्जामा धान, मकै, कोदो, सिमी, बोडी, गहुँलगायत खाद्यान्न तथा तरकारी बालीहरूको ठूलो परिमाणमा उन्नत बीउ उत्पादन हुँदै आएको छ । पर्वतमा जेठो बुढो धान, भक्तपुर लोकल काँक्रो, मसुरो र तोरीको उन्नत बीउ उत्पादन भइरहेको जनाउँदै उहाँले म्याग्दीमा सिमी, केराउको उन्नत बीउ उत्पादन भइरहेको बताए ।

“नवलपुरमा बोडी, रामधान, सावित्री, हर्दिनाथ–६ जातका खाद्यान्न तथा तरकारीको उन्नत बीउ उत्पादन गरिएको छ । तनहुँको भिमादमा डल्ले कोदो, घिरिङमा राम धान, सावित्री, हर्दिनाथ र सावा मन्सुली सव–१ जातका खाद्यान्न बालीको उन्नत बीउ उत्पादन थालिएको छ”, खनालले भने ।

गोरखामा सिमी र तोरी, बागलुङका तीन ठाउँमा मनकामना–३ जातको उन्नत मकैको बीउ उत्पादन भइरहेको जनाउँदै खनालले लमजुङ, कास्की, मनाङ र मुस्ताङमा कार्यालयमार्फत अहिले काम सुरु भइनसकेको बताए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : ४५ बजे

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ