खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८ वर्षीय मो युनुस मियाँको मृत्यु भएको छ ।

आज आफ्नै खेतमा पानी पठाउने क्रममा पानी तान्ने विद्युत्बाट चल्ने मोटरमा करेन्ट लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

साथै जिल्लाको कञ्चनरुप नगरपालिका १ बैरवामा १७ वर्षीया किशोरीको आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थमा शव भेटिएको छ । स्थानीय अमोद पुर्वेकी छोरी ज्योतिकुमारी पुर्वेको शव कोठामा झुन्डिएको अवस्थमा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी बिहीबार साँझदेखि हराइरहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका६ बस्ने २७ वर्षीय शिक्षक रामकिसुन राय मृत अवस्थामा फेला परेका छन् । घरबाट करिब ५०० मिटर टाढा रहेको कोशी नहरको छेउमा आज बिहान रायको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १० : ३६ बजे

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ