झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु « Khabarhub

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका हल्दिबारी गाउँपालिका-४ का ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारका क्रममा आज मृत्यु भएको छ ।

उनको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । साउन ६ गते बिहान आफ्नै घरको भान्साकोठामा रोटी पकाउने ग्यास सिलिन्डरबाट सल्किएको आगो निभाउने क्रममा ओलीसहित एकै परिवारका पाँच जना घाइते भएका थिए ।

सो घटनामा ओलीसहित उनकी ५९ वर्षीया पत्नी गोमादेवी ओली, जेठो छोरा ३३ वर्षीय सन्तोष ओली, जेठी बुहारी ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका सूचना अधिकारी खड्काले जानकारी दिए ।

भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा प्रारम्भिक उपचारपछि चिकित्सकको सल्लाहअनुसार पुण्यप्रसाद र बुहारी अनितालाई थप उपचारका लागि हेलिकप्टरमार्फत कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो । बर्न अस्पतालमा अनिताको उपचार भइरहेको छ । घाइतेहरू गोमादेवी र सन्तोष उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १० : ४९ बजे

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा