यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर « Khabarhub

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर


१० भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा गुरुङ स्टारर फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले यो फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

ट्रेलरले फिल्म ग्रामिण परिवेशमा बनेको प्रष्ट पारेको छ । ‘सोल्टिनी’ साइनोकी रिश्मासँग दयाहाङको प्रेम र विवाह फेरिफेरिको घटनामा ट्रेलर केन्द्रित रहेको छ । ट्रेलरमा नायक अर्पण थापालाई भने खलपात्रको भूमिकामा देखाइएको छ ।

ट्रेलरमा फिल्मका शीर्ष र मुख्य पात्रहरुलाई स्थान दिइएको छ । फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ र पुस्कर गुरुङ मुख्य भूमिकामा रहेका छन् ।

यो फिल्म भदौ २० बाट देशभर प्रदर्शनमा आउँदैछ । यसको लेखक कवि तथा निर्देशक उपेन्द्र सुब्बा हुन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा यो फिल्म बनेको हो ।

ट्रेलरको लिंक

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ८ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको