बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित « Khabarhub

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् । रातको समयमा मुसलधारे वर्षाको परवाह नगरी उनी आमाबाबु र चार दाजुभाइसँग नाफ नदी पार गर्दै बङ्गलादेश प्रवेश गरेका थिए ।

आज २८ वर्षीय कैसर बालुखाली शिविरको साँघुरो झुपडीमा बस्छन् । “घर फर्कन सम्भव छैन, युद्ध जारी छ । यहाँ हरेक दिन नयाँ शरणार्थी आउँछन्”, उनले भने ।

बङ्गलादेशले संयुक्त राष्ट्रसङ्घसँग मिलेर रोहिङ्ग्या समस्यामा वार्ता थालेको छ । सेप्टेम्बर ३० मा न्युयोर्कमा हुने सम्मेलनअघि कोक्स बजारमा छलफल भइरहेको छ संयुक्त राष्ट्रसङ्घका अधिकारी निकोलस कौमजियानले भने, “रोहिङ्ग्या फर्कन चाहन्छन्, तर सुरक्षित भए मात्र सम्भव हुन्छ ।”

तर राखाइन अहिले गृहयुद्धको केन्द्र बनेको छ । सन् २०२४ यता मात्र थप एक लाख ५० हजार रोहिङ्ग्या बङ्गलादेश पुगेका छन् ।

कैसरले म्यान्मारमा किराना पसल चलाउँथे, तर अहिले शिविरमा अस्तित्वका लागि सङ्घर्ष छ । गुटगत झडप, कमजोर सुरक्षा र हिंसाले बसाइ असुरक्षित बनाएको छ । “हामी बन्धकझैँ छौँ, बालबालिका सबैभन्दा बढी जोखिममा छन्”, उनले भने ।

अमेरिकी सहयोग कटौतीपछि खाद्यान्न सङ्कट चर्किएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार राखाइनका आधाभन्दा बढी परिवारलाई आधारभूत खाना पुग्दैन । शिविरमा हरेक व्यक्तिले मासिक करिब १२ डलर बराबरको राशन पाउँछन् — १३ किलो चामल, एक लिटर तेल, थोरै प्याज, लसुन र नुन । कैसर भन्छन्, “यसले पेट त भरिन्छ तर पोषण हुँदैन । मेरो तीन वर्षको छोरोलाई दूध वा दाल दिन सक्दिनँ ।”

शिक्षा अर्को चुनौती बनेको छ । “के मेरो छोरो पढेर जागिर पाउनेछ, वा जीवनभर शरणार्थी नै रहनेछ ?”, कैसर चिन्तित छन् । प्रारम्भमा गाउँलेहरूले मद्दत गरे पनि दीर्घकालीन भविष्य अन्धकारमय देखिन्छ ।

यसैबीच, म्यान्मारको जुन्तासँग नजिक रहेका केही समूहले रोहिङ्ग्याहरूलाई भर्ती गर्न खोजिरहेका छन् । “हरेक पक्षले हामीलाई प्यादाका रूपमा प्रयोग गर्छ”, कैसरको पीडा छ ।

उनको सरल अपिल छ, “बङ्गलादेशले रोहिङ्ग्या बालबालिकालाई स्थानीय विद्यालयमा पढ्न दिनुपर्छ । कमसेकम उनीहरूको भविष्य हाम्रो जस्तो निराशाजनक नहोस् ।”

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : १५ बजे

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा

बुढासुब्बा गोल्डकप : शनिबार फाइनल खेल हुने

धरान – धरानमा गत माघ २२ गतेदेखि जारी अन्तरराष्ट्रिय आमन्त्रण

झापा ५ मा एकै पटक सयौं एमाले कार्यकर्ता जनताका घरघरमा

झापा – नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५

सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता

जेनेभा – यस वर्ष पाकिस्तान र इरानबाट करिब एक लाख