टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक « Khabarhub

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर श्रफले ठूलो सफलता हासिल गरेका थिए। त्यसपछि निर्माता साजिद नाडियाडवालाले यो सिरिजलाई फ्रेन्चाइजमा लैजाने निर्णय गरे। सन् २०१८ मा आएको “बागी २” ब्लकबस्टर बन्न सफल भयो । सन् २०२० मा महामारी सुरु हुनुअघि रिलिज भएको “बागी ३” ले त्रयीलाई पूर्णता दियो। पाँच वर्षपछि टाइगर श्रफ फेरि एकपटक ‘रोनी’ बनेर “बागी ४” लिएर फर्किन लागेका छन्।

भारतीय मिडिया पिङ्कभिला अनुसार, फिल्मको ट्रेलर शनिबार भदौ १४ गते (अगस्ट ३०, २०२५) भव्य रूपमा सार्वजनिक हुने भएको छ। “बागी ४” भदौ महिनाको २० गते (सेप्टेम्बर ५) शुक्रबारका दिन प्रदर्शनमा आउने भएको छ।

फिल्मका निर्देशक के. हर्षाले बागी ४ लाई “पश्चिमी ढंगका (आर -रेटेड) फिल्म” जस्तो भनेका छन्। यसको मतलब, फिल्ममा अघिल्ला तीन भागभन्दा बढी रियलिस्टिक, कडा र तीव्र एक्शन दृश्य रहनेछन्, जसले परिवारमैत्रीभन्दा बढी वयस्क दर्शकलाई लक्षित गर्नेछ।

फिल्म “बागी ४” बाहेक, अभिनेता टाइगर श्रफका दुई अन्य फिल्म पनि लाइनअपमा छन्। सचिन रवीद्वारा निर्देशित र मुराद खेतानीको निर्माणमा बन्ने उच्च-कन्सेप्ट एक्शन फिल्म अक्टोबरदेखि सुरु हुनेछ भने करण जौहरको निर्माण र राज मेहताको निर्देशनमा बन्ने फिल्म “लग जा गले” नोभेम्बरको दोस्रो भागदेखि फ्लोरमा जानेछ। अर्कोतर्फ, निर्माता साजिद नाडियाडवालाकै शाहिद कपुर र विशाल भारद्वाजको फिल्म पनि डिसेम्बरमा रिलिज हुने तय भएको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : २६ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी