सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला « Khabarhub

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु किसानका माग पूरा गर्न सरकारसँग माग गरेका छन्।उनले मंगलबार सामाजिक सञ्जालमार्फत् उखु किसानका माग पूरा गर्न सरकारसँग माग गरेका हुन्।

‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?,’ प्रश्न गर्दै कोइरालाले लेखेका छन्, ‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दुःखद स्थिति हो।उनीहरुको माग तुरुन्त पूरा गरौँ ।’

खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने र कहिले अनुदान कटौती गरिने कामले खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने कोइरालाको भनाइ छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ११ : ३७ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका