ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन « Khabarhub

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले १०० घण्टामा एक लाख पिन्ट रगत सङ्कलन गरेको छ । सेवा केन्द्रले भदौ ६ देखि ९ गतेसम्म नेपाल र भारतमा रहेका शाखाहरूमा रक्तदान अभियान चलाएको हो ।

संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवस अवसरमा आयोजित रक्तदानमा पहिलो दिन शुक्रबार नै पाँच हजार ५७ पिन्ट सङ्कलन गरिएको थियो ।

केन्द्रले दिएको जानकारी अनुसार; रक्तदानमार्फत अत्यन्त उच्च स्तरको मानवीय तथा सामाजिक कार्य गर्ने लक्ष्यअनुसार चार दिनसम्म नेपालका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालन गरिएका रक्तदान केन्द्रमा उत्साहजनक र स्वःस्फूर्त रक्तदान भएको थियो ।

चार दिन अवधिमा काठमाडौँ उपत्यकामा चार हजार ४४६ पिन्ट, बिराटनगरमा दुई हजार ८३० पिन्ट, नारायणगढमा ९७० पिन्ट र राजबिराजमा १९७ पिन्ट रगत सङ्कलन भएको केन्द्रले जानकारी दिएको छ ।

यसैगरी; बीरगञ्जमा ५४२ पिन्ट, पोखरामा ५६४ पिन्ट, दाङमा २८३ पिन्ट, बुटवलमा ५५३ पिन्ट, हेटौँडामा २७० पिन्ट, जनकपुरमा ३५४ पिन्ट, भैरहवामा ६७ पिन्ट, धनगढीमा १३३ पिन्ट, पाल्पामा ६४ पिन्ट, बाग्लुङमा ८१ पिन्ट र नेपालगञ्जमा ५६२ पिन्ट रगत सङ्कलन भएको हो ।

अभियानको पहिलो दिन शुक्रबार हालसम्मको रेकर्ड नै तोड्नेगरी रक्तदान भएपछि केन्द्रले ‘देशैभरिका न्यानो मुटुहरू एकै स्वरमा धड्किँदा, एकै दिन ५,०५७ पिन्ट रगत संकलन गर्दै नेपालले अभूतपूर्व कीर्तिमान कायम गरेको’ जानकारी दिएको थियो ।

रक्तदान अभियानको राष्ट्रिय शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भाद्र १ गते ललितपुर स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा भएको थियो ।

यो पनि –

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ०२ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध