पूर्वराष्ट्रपतिले भनिन्- सहकारीको समस्या समाधान गर्न छाडेर अनावश्यक राजनीति भयो, रविप्रति सद्‍भाव छ « Khabarhub

पूर्वराष्ट्रपतिले भनिन्- सहकारीको समस्या समाधान गर्न छाडेर अनावश्यक राजनीति भयो, रविप्रति सद्‍भाव छ


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे चासो व्यक्त गरेकी छन् ।

मंगलबार बिहान रास्वपा प्रवक्ता मनिष झासँग भंगालमा भएको डेढ घण्टा लामो भेटवार्ताका क्रममा उनले सहकारीको समस्या समाधानको साटो रविको मुद्दालाई राजनीतिकरण गरिनु अनुचित भएको बताएकी हुन् ।

रास्वपा प्रवक्ता झाले रवि प्रकरणलाई अनावश्यक राजनीतिकरण गरिएकोप्रति पूर्वाराष्ट्रपतिबाट चासो व्यक्त भएको जानकारी दिए ।

‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएकोप्रति उहाँले सरोकार राख्नुभयो’, झाले पूर्वराष्ट्रपतिसँगको भेटपछि भनेका छन्, ‘पूर्वराष्ट्रपतिज्यूले सभापति रवि लामिछानेप्रति सद्भाव रहेको पनि बताउनु भयो।’

झाले यो भेटलाई एउटा राजनीतिक शिष्टाचारको अभ्यास भनेका छन् । ‘राजनीतिक शिष्टाचारस्वरुप यो भेटघाट भएको हो’, उनले भने, ‘कुनै विशेष एजेन्डाभन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूप उहाँसँग भेटघाट भएको हो ।’

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ५२ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका