पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु « Khabarhub

पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा आजदेखि पोखरामा दुई दिने तीज सांस्कृतिक महोत्सव सुरु भएको छ ।

परम्परागत मौलिक संस्कृतिको जगेर्नासँगै पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताइन्‌ ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने मूल नारासहित संस्थाले यसअघि महोत्सवको दुई संस्करण सम्पन्न गरिसकेको छ ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तीजको मौलिकतालाई जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले विकास निर्माणमा तालिका निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

महोत्सवमा तीज गीत प्रतियोगिताका साथै रस्साकसी, साडी दौड, घैटो फुटाउनेजस्ता खेल र विविध सांस्कृतिक प्रस्तुति राखिएका छन् । रासस

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ५२ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी