मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई « Khabarhub

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) बिना नेपालमा पर्वतारोहणको सम्भावना नहुने बताएका छन् ।

मन्त्री पाण्डेले अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै यस्तो बताएका हुन् । उनले भने, एनएमए नहुने हो भने नेपालमा माउन्टेरिङ सम्भावना छैन । दिगो रूपमा माउन्टेरिङको रूपमा काम गर्नका लागि तपाईंहरूको रचनात्मक सहयोग चाहिन्छ ।’

मन्त्री पाण्डेले ‘एनएमएमा एक पटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक’ भएको भन्दै अधुरा परियोजनाहरू पूरा गर्न र पर्वतारोहणसँग सम्बन्धित क्षेत्रमा अझ प्रभावकारी काम गर्न आग्रह गरे । उनले पोखरामा रहेको पर्वतारोहण संग्रहालयलाई अत्याधुनिक र विदेशी पर्यटकसमेतको चासोको केन्द्र भएको उल्लेख गर्दै यसको थप उन्नयनमा जोड दिए ।

नेपालका हिमालहरूमा आरोहणलाई सहज बनाउन सरकारले पछिल्लो पटक ९७ वटा हिमालमा दुई वर्षका लागि रोयल्टी छुटको व्यवस्था गरेको र नयाँ ५७ हिमाल आरोहणका लागि खोलिएको जानकारी दिए । साथै, निषेधित क्षेत्र हटाउने र सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म वैकल्पिक बाटो बनाउन छलफल भइरहेको समेत मन्त्री पाण्डेले बताए ।

“पर्वतारोहण नेपालकै ठूलो सम्भावना भएको क्षेत्र हो । जोखिम न्यूनिकरण गर्दै यसलाई दिगो रूपमा अघि बढाउन संघको रचनात्मक सहकार्य आवश्यक छ,” मन्त्री पाण्डेले भने । उनले पर्यटन नीति र ऐनमार्फत धेरै सुधार हुने विश्वास व्यक्त गर्दै संघलाई सृजनात्मक र प्रभावकारी नेतृत्व दिन शुभकामना दिए।

नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पाले नयाँ कार्यसमिति पर्यटन क्षेत्र सुधार र पर्वतारोहण प्रवर्द्धनमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनले हिमाल आरोहणका लागि थप प्रशिक्षण आवश्यक रहेकोमा जोड दिँदै, दैनिक विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा दावा टशी शेर्पाद्वारा लिखित ‘शेर्पा’ नामक पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तकमा सन् २०१४ मा १६ जना पर्वतारोहणकर्ताले ज्यान गुमाएको घटनाको उल्लेख गरिएको छ, जसमा लेखक स्वयं मात्र बाँच्न सफल भएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : १६ बजे

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित