इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार, अब स्वैच्छिक मात्रै « Khabarhub

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार, अब स्वैच्छिक मात्रै


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडि हटेको छ ।

यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी बनाउने भनिएको थियो ।

विभागका अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था अनिवार्य गरिएको र यातायात व्यवस्था ऐन, २०४९, यातायात व्यवस्था नियमावली, २०५४ तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा आधारित रहेको प्रष्टीकरण दिएको छ ।

असोज १ सम्म जडान नगरिए दण्ड जरिवाना गरिने भनी भ्रम फैलाइएको भन्दै तत्काल कुनै जरिवाना वा कारबाही नगरिने विभागले जनाएको छ। आफूलाई अनुकूल भएको समयमा जडान गर्न सकिने पनि विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटका तथ्याङ्क विदेशीको हातमा जाने र राष्ट्रिय सुरक्षामा खतरा हुने भनिएको विषय हल्ला मात्रै भएको विभागको स्पष्टोक्ति दिएको छ ।

“इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी सम्पूर्ण विवरण तथा तथ्याङ्कहरू यातायात व्यवस्था विभाग परिसरमा रहेको डाटा सुरक्षा केन्द्रमा सुरक्षित रहने गरी व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : २१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको