म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु « Khabarhub

म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा सोमबार राति भएको हवाई आक्रमणमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् । स्थानीय बासिन्दाहरूका अनुसार राति करिब ११ बजेतिर सो घटना घटेको हो ।

राखिन राज्य विगत केही समयदेखि द्वन्द्वग्रस्त रहँदै आएको छ, जहाँ सेनाले विद्रोही समूहहरूसँग संघर्ष गरिरहेको छ। सन् २०२३ मा तत्कालीन निर्वाचित सरकारलाई हटाएर सेनाले सत्ता हातमा लिएपछि देशभर द्वन्द्व चर्किएको हो ।

स्थानीय निवासी माउङ थान चायले उक्त आक्रमणमा आफ्ना तीन नातिनातिनीहरू गुमाउनु परेको बताउँदै भने, ‘यो मेरो जीवनको सबैभन्दा ठूलो पीडा हो। खानेकुरा छैन, बस्ने ठाउँ छैन, भाँडा छैन, पैसा छैन – सबै कुरा नष्ट भयो ।’

मंगलबार बिहान कम्तीमा १० वटा शवहरू सार्वजनिक रूपमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको दृश्य अत्यन्तै दुःखदायी थियो । कतिपयलाई उनीहरूले मन पराएका पोशाकमा सजाइएको थियो। आफन्तजनले आँखा पुछ्दै, तस्बिर अँगालोमा राख्दै अन्तिम बिदाइ गरेका थिए ।

राखिन राज्यका १७ नगरमध्ये अहिले म्यानमार सेनाको नियन्त्रणमा ३ मात्र रहेका छन् । सेनाले यही वर्षको नोभेम्बरमा १२ गतेदेखि चरणबद्ध रूपमा निर्वाचन आयोजना गर्ने योजना बनाएको छ । तर, विद्रोही समूह अराकान सेनाले आफ्नो प्रभाव क्षेत्रभित्र निर्वाचन हुन नदिने घोषणा गरिसकेको छ ।

बालबालिकासहित निर्दोषको मृत्यु, अझै धेरै घाइते

अराकान सेनाका प्रवक्ता खाइङ थु खाले घटनामा पाँच बालबालिकासहित १२ जनाको ज्यान गएको र २० जना घाइते भएको जानकारी दिएका छन् ।

राखिन क्षेत्रमा दुवै पक्ष – सैनिक बल र विद्रोही समूहहरू – माथि विगतदेखि नै मानव अधिकार उल्लङ्घनका गम्भीर आरोप लाग्दै आएका छन् । पछिल्ला केही महिनामा द्वन्द्वको प्रभावले करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ ।

संयुक्त राष्ट्र सङ्घले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार, राज्यको मध्य भागमा ५७ प्रतिशत परिवार दैनिक खाद्यान्न जुटाउन असमर्थ छन् । यो अघिल्लो पुस महिनाको तुलनामा निकै भयावह वृद्धि हो । दुर्गम स्थानहरूमा अवस्था झनै गम्भीर रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : १९ बजे

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत