राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ « Khabarhub

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीले भारतमा चुनावको मिति निर्वाचन आयोगले नभइ सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले तोक्ने गरेको आरोप लगाएका छन्‌ ।

बिहारमा मतदाता अधिकार यात्रा निकालिरहेका गान्धीले मधुबनीमा आयोजित जनसभामा त्यहाँको चुनाव आयोगमाथि सङ्गीन आरोप लगाएका हुन्‌ ।

‘महाराष्ट्र र हरियाणाको चुनाव आउन लाग्दा सबैभन्दा पहिले मतदानको मिति बदलिन्छ, निर्वाचन आयुक्त कसलाई बनाउने भन्ने निर्णय प्रधानमन्त्री (नरेन्द्र मोदी) ले लिन्छन्‌ । त्यहाँ विपक्षीका नेता भए पनि त्यस्तो निर्णय गर्न रोक्न सक्दैनन्‌,’ गान्धीले भने ।

यसअघि गान्धीले भाजपामाथि मत चोरी गरेको आरोप लगाएका थिए । मतदानमा धाँधली गर्ने गरेकै कारण भाजपा आउँदो ५० वर्षसम्म पनि सत्तामै रहने उनको भनाइ थियो ।

उनले भने, ‘संविधानमा हरेक भारतीयलाई मतदान अधिकार रहेको उल्लेख छ, तर हामीसँग कुनै अधिकार बचेको छैन ।’

बिहारको सासारामबाट सुरु भएको राहुलको गान्धी यात्रा मङ्गलबार मधुवनी पुगेको थियो । उक्त यात्रामा विकासशील इन्सान पार्टीका संस्थापक मुकेश सहनी पनि सहभागी थिए ।

यो यात्रामा तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डी पनि सहभागी भएको बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : ५१ बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक