उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल « Khabarhub

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उखु किसानलाई अनुदानस्वरूप उपलब्ध गराउनुपर्ने रकम अविलम्ब भुक्तानी गर्न माग गरेका छन्‌ ।

उखु उत्पादक सङ्घले रकम भुक्तानीलगायत विभिन्न माग राखेर माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा ऐक्यबद्धता जनाउँदै आज उनले किसानको माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष नेपालले उखु किसानको अनुदान कटौती नगर्न आग्रह गर्दै उनीहरूको माग छिट्टै पूरा गर्न आग्रह गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई उत्पादनका आधारमा प्रतिक्विन्टल ७० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । गत पुसयता करिब आठ महिनादेखि भुक्तानी बाँकी रहेको र सरकारले अनुदानमा प्रतिशत कटौती गरेको भन्दै किसानले विरोध गरिरहेका छन् ।

मन्त्रालयले पशु तथा कृषि बीमा, बीउबिजन, मल, कृषि उपकरणमा किसानलाई अनुदान सहयोग गर्दै आएको छ । रासस

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ९ : ०८ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध