नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार « Khabarhub

नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवामार्फत गन्तव्यसम्म पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तुइन खोला पहिरोमा फसेका यात्रुहरूको उद्धारका लागि मंगलबारदेखि सुरु गरिएको निःशुल्क घुम्ती बस सेवा  बिहीबार साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो। 

पहिरोमा अलपत्र परेका यात्रुलाई नारायणगढ, भरतपुरसम्म ल्याई सहजीकरण गरेको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । 

‘तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको थियो, अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाद्यान्न र प्राथमिक उपचार लागि समेत समन्वय गरेका थियौं’ उनले भने ।  

बिहीबार राती करिब १० बजेबाट भने पहिरो हटाएर दुईतर्फी रुपमा उक्त खण्ड सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ६ : ५९ बजे

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही र जिम्मेवार उपयोग

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ

एजेन्सी– अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय र महत्वपूर्ण मोडमा पुगेको उल्लेख

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा

एजेन्सी– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त