दशैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी « Khabarhub

दशैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले दशैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ । 

वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जंगल सफारीमा रोक लगाएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति दिनेगरी काम भइरहेको छ । उनको भनाइमा असोज १२ वा १३ गतेदेखि व्यावसायिक जिप सफारीका लागि अनुमति दिने तयारी गरिएको छ । त्यसका लागि जिप दर्ता गर्न थालिएको उनले जानकारी दिए ।

गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ । गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याउन भनिएको छ । गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरिएको थियो । गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको हो ।

निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्दछन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : १७ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- दललाई दोषी देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय