माओवादी बैठकमा तीन नेताको प्रस्तावबारे छलफल हुँदै, समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने « Khabarhub

माओवादी बैठकमा तीन नेताको प्रस्तावबारे छलफल हुँदै, समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा बसिरहेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमा छलफल हुँदैछ ।

त्यसैगरि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीले धारणा राख्ने क्रम जारी छ।

बिहीबारबाट सुरू बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठानिक प्रतिवेशन पेश गर्दै पार्टी पुनर्गठन र नयाँ नेतृत्वका लागि मङ्सिरमा विशेष महाधिवेशन प्रस्ताव गरेका थिए ।

उता पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पनि पुरक प्रस्ताव राखेका छन् । उनीहरूले अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाएका थिए ।

बिहीबार नै विभिन्न १० वटा समूह बनाएर छलफल थालिएको थियो । अब १० वटा समूहका टोली नेताहरूले धारणा राख्दैछन् । टोली नेताहरूको सुझावपछि प्रचण्डले जवाफ दिने कार्यक्रम छ । प्रचण्डले जवाफ दिएपछि बैठक शुक्रबार नै सक्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : ३९ बजे

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको