माओवादी बैठकमा तीन नेताको प्रस्तावबारे छलफल हुँदै, समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने « Khabarhub

माओवादी बैठकमा तीन नेताको प्रस्तावबारे छलफल हुँदै, समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा बसिरहेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमा छलफल हुँदैछ ।

त्यसैगरि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीले धारणा राख्ने क्रम जारी छ।

बिहीबारबाट सुरू बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठानिक प्रतिवेशन पेश गर्दै पार्टी पुनर्गठन र नयाँ नेतृत्वका लागि मङ्सिरमा विशेष महाधिवेशन प्रस्ताव गरेका थिए ।

उता पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पनि पुरक प्रस्ताव राखेका छन् । उनीहरूले अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाएका थिए ।

बिहीबार नै विभिन्न १० वटा समूह बनाएर छलफल थालिएको थियो । अब १० वटा समूहका टोली नेताहरूले धारणा राख्दैछन् । टोली नेताहरूको सुझावपछि प्रचण्डले जवाफ दिने कार्यक्रम छ । प्रचण्डले जवाफ दिएपछि बैठक शुक्रबार नै सक्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : ३९ बजे

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् ।

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट