दशैँ तिहार लक्षित सुपथ पसलले उपभोक्तालाई सहज (तस्बिरहरू) « Khabarhub

दशैँ तिहार लक्षित सुपथ पसलले उपभोक्तालाई सहज (तस्बिरहरू)


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको ‘सुपथ मूल्य पसल २०८२’ उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ । मूल्यवृद्धि र अनिश्चित बजार परिस्थितिका बीच, यस वर्ष उपभोक्ताले यहाँबाट राहत पाएको महसुस गरेका छन् ।

बागमती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख धर्म कुमारी राजवंशीका अनुसार, सुपथ मूल्य पसलको मुख्य उद्देश्य चाडपर्वमा उपभोक्तालाई सहज मूल्यमा खाद्यान्न उपलब्ध गराउनु हो ।


‘चाडको मौकामा कतिपय व्यापारीले मूल्य अस्वाभाविक रूपमा बढाउने गर्छन् । त्यसलाई सन्तुलनमा ल्याउँदै आम उपभोक्तालाई राहत दिनु नै हाम्रो उद्देश्य हो,’ राजवंशीले बताइन् ।

उनका अनुसार यस वर्ष ५३ वटा वस्तु सुपथ मूल्य पसलमार्फत वितरण भइरहेको छ। चामलमा प्रति केजी पाँच रुपैयाँ, तेलमा सात रुपैयाँ, मसालामा १० रुपैयाँ र ऐतिहासिक (रैथाने) बालीहरूमा १० रुपैयाँसम्म छुट दिइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ४९ बजे

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)

ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स