राष्ट्रिय परिचयपत्र : दुई महिनामा छ हजार बढीको आवेदन « Khabarhub

 राष्ट्रिय परिचयपत्र : दुई महिनामा छ हजार बढीको आवेदन


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढीले आवेदन फारम भरेका छन् । 

गत साउन र भदौ महिनामा छ हजार ३५० जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।

 साउनदेखि नै यससम्बन्धी सेवाग्राहीको चाप बढ्न थालेपछि कार्यालयले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिई अलग्गै स्टेशन व्यवस्थापन गरी फोटो खिचाइरहेको छ । हाल कार्यालयमा तीन स्टेशनबाट नागरिकलाई सेवा प्रदान गरिरहेको हो । 

केही स्थानीय तहले कार्यालयको समन्वयमा वडास्तरमा समेत नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन् । जिल्लामा समग्रमा उक्त सङ्ख्यामा राष्ट्रिय परिचयपत्रका लागि आवेदनसहित फोटो खिचाएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई महिनाको अवधिमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएकामध्ये एक हजार ५५७ नागरिकले कार्ड लिइसकेका छन् । 

यसैबीच कार्यालयबाट यस अवधिमा एक हजार ३८२ ले नयाँ नागरिकता लिएका छन् भने दुई हजार २१६ जनाले नागरिकताको प्रतिलिपि लिएका जनाइएको छ । दुई महिनाको अवधिमा तीन जनाले नागरिकता परित्याग गरे भने चार जनाको नागरिकता रद्द गरिएको छ । यही अवधिमा राहदानीका लागि दुई हजार ८२६ जनाले आवेदन दर्ता गरेकामध्ये दुई हजार ८७६ जनाले राहदानी प्राप्त गरेका छन् । 

नाबालक परिचयपत्र ११२ जनाले लिएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयले राहदानी, सङ्घ संस्था दर्ता तथा नवीकरण तथा अन्य शीर्षकमा दुई महिनाको अवधिमा तीन करोड १६ लाख २६ हजार ३९७ रुपैयाँ आम्दानी गरेको जनाइएको छ ।  रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : २१ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)