डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर « Khabarhub

डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को ठूलो आर्थिक घोषणा गर्दै २०२५ अक्टोबर १ देखि अमेरिकामा आयात हुने सबै ब्रान्डेड वा पेटेन्टेड औषधि उत्पादनमा १०० प्रतिशत ट्यारिफ (कर) लगाउने घोषणा गरेका छन्।

यो नियम ती कम्पनीहरूमा लागू हुनेछ, जसले अमेरिकाभित्र उत्पादन कारखाना (म्यानुफ्याक्चरिङ प्लान्ट) स्थापना गरेका छैनन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखे, ‘यदि कुनै कम्पनीले अमेरिकाभित्र औषधि उत्पादन कारखाना बनाइरहेको छ वा निर्माण सुरु गरिसकेको छ भने त्यस्ता उत्पादनमा कर लाग्ने छैन।’

यससँगै ट्रम्पले अमेरिका आयात हुने हेभी–ड्युटी ट्रकमा २५ प्रतिशत ट्यारिफ र किचन क्याबिनेटमा ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा पनि गरेका छन्।

यता अमेरिका भारतको सबैभन्दा ठूलो औषधि बजार हो। वित्तीय वर्ष २०२४ मा भारतले कुल २७.९ अर्ब डलर बराबरको औषधि निर्यात गर्‍यो, जसको ३१ प्रतिशत (८.७ अर्ब डलर) अमेरिका गयो।

अमेरिकाभित्र प्रयोग हुने ४५ प्रतिशत भन्दा बढी जेनेरिक औषधि र १५ प्रतिशत बायोसिमिलर औषधि भारतले आपूर्ति गर्छ।

ट्रम्पको यो ट्यारिफ केवल ब्रान्डेड र पेटेन्टेड औषधिमा मात्र लागू हुनेछ। भारतले अमेरिकामा निर्यात गर्ने अधिकांश उत्पादन जेनेरिक औषधि भएकाले यस निर्णयको प्रत्यक्ष असर कम हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : २४ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर