व्यापारीको गुनासो- चिनियाँ पक्षले तातोपानी नाकाबाट नेपाली कन्टेनर ल्याउन दिएन « Khabarhub

व्यापारीको गुनासो- चिनियाँ पक्षले तातोपानी नाकाबाट नेपाली कन्टेनर ल्याउन दिएन


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा समस्यामा परेको व्यापारीहरूले गुनासो गरेका छन् ।  

लामो समयदेखि अबरुद्ध अरनिको राजमार्ग खुलेको अवस्थामा पनि चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा आफूहरू समस्यामा परेको उनीहरूले गुनासो गरेका छन् । 

चाडपर्वलाई लक्षित गरी नेपाल ल्याउन लागेको सामानहरू चीनतर्फ नै अड्किदा करोडौँको नोक्सानी हुने अवस्था आएको उनीहरूको भनाइ छ । ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले चाइनातर्फबाट नेपाल आउने गाडीहरू सहज रूपमा आउन नसकेको बताए । 

उनले चाडपर्वलाई लक्षित गरी व्यवसायीहरूले मगाएका सामानहरू अड्किदा धेरै नोक्सानी हुने अवस्था देखिएको जिकिर गरे । औसतमा हरेक दिन ३० वटा कन्टेनर नेपाल आउने गरेकोमा अहिले निकै कम गाडी मात्र चिनिया पक्षले छाडेको उनको भनाइ छ ।  

त्यस्तै हिमालय सिमापार वाणिज्य संघ सदस्य बलराम ढकालले नेपाली भूभागमा रहेका गाडीहरू आए पनि सीमापारी रहेका गाडीहरूलाई चिनिया पक्षले नेपाल नपठाएको बताए । यस बिषयमा सरकारले चिनिया पक्षसँग छलफल गर्नुपर्ने उनले बताए ।  

तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले तुलनात्मक रूपमा चीनबाट निकै कम गाडी आएकाले चिनिया पक्षसँग समन्वय भइरहेको जानकारी दिए । चीनतर्फ पर्याप्त जनशक्ति नभएकाले कम गाडी पठाएको जवाफ आएको भन्दै उनले छिटै सहज रूपमा गाडीहरू नेपाल आउने विश्वास व्यक्त गरे । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध अरनिको राजमार्ग केहिदिन अघि मात्रै खुलेको थियो । लामो समयपछि सडक खुल्दा पनि कन्टेनरहरू सहज रूपमा नेपाल भित्रन नसकेपछि व्यवसायीहरू चिन्तित भएका छन् । 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : २२ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।