दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन « Khabarhub

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

उनका अनुसार यस वर्ष सुरक्षा व्यवस्थापनका लागि आठ सय पाँच जना नेपाल प्रहरी, चार सय ५० जना सशस्त्र प्रहरी र ९० जना ट्राफिक प्रहरी संयुक्त रूपमा परिचालन गरिएका छन् ।

सुरक्षाका लागि मुख्य मुख्य चोक तथा क्षेत्रमा जाँच, गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरेको र सहरी क्षेत्रमा कुनै समस्या उत्पन्न भए पाँच मिनेटभित्र तथा ग्रामीण क्षेत्रमा १० मिनेटभित्र प्रहरी टोली पुग्ने गरी व्यवस्थापन योजना बनाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

यस्तै, प्रहरीले नगरवासीलाई शङ्कास्पद गतिविधि गरेको पाइए वा कुनै व्यक्तिमाथि शङ्का लागेमा तुरुन्त जानकारी दिन आग्रहसमेत गरेको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत राजदेवी मन्दिरलगायत अन्य शक्ति पीठमा भक्तजनको भीड व्यवस्थापन, चोरी–डकैती नियन्त्रण तथा सम्भावित दुर्घटना रोकथाम प्राथमिकतामा राखिएको धनुषाका ट्राफिक प्रमुख सूर्यबहादुर शाहीले बताए । प्रहरी प्रशासनले भक्तजनको सुरक्षालाई सुनिश्चित गर्न पूर्व तयारीका साथ अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : २७ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)