विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु « Khabarhub

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, तीमध्ये आठ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ ।

यस घटनामा संलग्न रहेको आशङ्कामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ ।

रूसमा सस्तो मूल्यमा पाइने घरेलु र अस्वीकृत मदिरा सेवनका कारण यस प्रकारका घटनाहरू समय समयमा दोहोरिइरहेका छन् । विशेषगरी ग्रामीण र आर्थिक रूपमा कमजोर क्षेत्रहरूमा कानुनी मदिरा किन्न सक्ने स्थिति नहुने कारणले मानिसहरू विकल्पको रूपमा यस्ता पदार्थ सेवन गर्न बाध्य हुने गरेका छन् ।

यसअघि सन् २०२३ मा नक्कली साइडर सेवनबाट ५० जनाको मृत्यु भएको थियो भने, सन् २०१६ मा साइबेरियाको इरकुत्स्कमा मिथेनोल मिसिएको ‘बाथ ऑयल’ सेवनबाट ६० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।

यस्ता घटनाहरूलाई ध्यानमा राख्दै सरकारद्वारा सम्बन्धित कानुन कडा पारिएको भए पनि विषाक्त र अवैध मदिराको पहुँच अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन, जुन सार्वजनिक स्वास्थ्यका लागि चिन्ताजनक विषय बनेको छ । रासस
 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : २४ बजे

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि रामहरि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक

काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा पुगेकी छन्

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा– रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक