सुदूरपश्चिम प्रदेशले १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने « Khabarhub

सुदूरपश्चिम प्रदेशले १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँभन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहको निवास धनगढीमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रुपैयाँभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

साथै प्रदेश सरकारमातहतका निकायबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगराउने, एउटै क्रियाकलाप नम्बरमा समावेश भएका दुई वा दुईभन्दा बढी खानेपानी तथा सिँचाइबाहेकका अन्य आयोजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल विनियोजित रकममा छपाइ तथा प्रकाशनतर्फ ७० प्रतिशत र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठीतर्फ विनियोजित बजेटको ५० प्रतिशत कटौती गर्ने, अनुभव आदानप्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समारोह, उत्सव मनाउनेलगायत कार्यक्रम पनि कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

यसैबीच मुख्यमन्त्री शाहको उपस्थितिमा आजै बसेको प्रदेश सुरक्षा समितिको बैठकमा नेपाल प्रहरीले लागू गरेको चाडपर्वलक्षित सुरक्षा योजनाका बारेमा छलफल भएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री शाहले चाडपर्वको समयमा अवाञ्छित एवं आपराधिक क्रियाकलाप बढ्न सक्नेतर्फ ध्यान दिई शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्नका लागि पहल गर्न सरोकार भएका सबैलाई निर्देशन दिए ।
 
गत भदौ २३ र २४ गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्न, नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिन नेपाल प्रहरी र मातहतका निकाय, कार्यालय र अन्य सरकारी कार्यालय, नागरिक समाज, पेसागत समूहसँग नागरिक संवाद कार्यक्रम र सद्भाव प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न, चाडपर्वमा हुनसक्ने कालोबजारीका साथै भारतसँग जोडिएका प्रदेशका सीमा नाकामा हुनसक्ने लुटपाटका घटना रोकथाम गर्न, नागरिकको आवागमनमा हुनसक्ने समस्यालाई समाधानका लागि पहल गर्न पनि मुख्यमन्त्री शाहले निर्देशन दिए ।
 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : २२ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका