साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ? « Khabarhub

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?



काठमाडौं– दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र मूल्य स्थिरताका लागि साल्ट ट्रेडिङ कर्पोरेशनको भूमिका खोजिरहेका छन् । 

महँगी बढ्ने चिन्ता र आपूर्ति व्यवधानको जोखिमबीच साल्ट ट्रेडिङले उपभोक्तालाई सस्तो र किफायती मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउने कोसिस गरिरहेको छ।  

दशैं–तिहार नजिकिँदै गर्दा बजारमा माग तीव्र रूपमा बढ्छ । मूल्य वृद्धि भएर वस्तुको अभाव हुन नदिन साल्ट ट्रेडिङले अपनाएका रणनीति र व्यवस्थापन विधिबारे जनचासो बाक्लो छ । देशका दुर्गमदेखि सहरसम्म अत्यावश्यक वस्तु सहज रूपमा पुगे नपुगेका जिज्ञासा उस्तै छ । 

यदि आपूर्तिमा कमी वा असुविधा भएमा तत्काल समाधान गर्न कर्पोरेशनले चालेका कदमबारे उपभोक्ताले चासो राखेका छन् । चाडपर्वलाई लक्षित गरी उपभोक्तालाई राहत दिन विशेष योजना, छुट र नयाँ पहलबारे सरोकार राख्नेले साल्ट ट्रेडिङको कदमबारे जिज्ञासा राखिरहेका छन् । उपभोक्ताले कर्पोरेशनलाई अझै जिम्मेवार र पारदर्शी बनाएर अघि बढ्न पनि प्रेरित गरिरहेका छन् । यही सन्दर्भमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख  कार्यकारी अधिकृत उर्मिला श्रेष्ठसँग खबरहबले गरेको संवादको सम्पादित अंश :

उपभोक्ताको दैनिकीसँग प्रत्यक्ष जोडिएका वस्तुको आपूर्तिमा निरन्तरता दिन साल्ट ट्रेडिङ कर्पोरेशनले कस्तो तयारी गरेको छ ?
साल्ट ट्रेडिङले विगत वर्षदेखि नै अत्यावश्यक वस्तु नुन, चिनी लगायत वस्तुको आपूर्ति निरन्तर उपलब्ध गराउँदै आएको छ । 

वि.सं. २०२० भदौ २७ गते नुनका लागि खोलिएका निरन्तर व्यवसायको अभिन्न अंग जस्तो भइसकेको छ । साल्ट ट्रेडिङले समयमै सबै वस्तु : नुन, चिनी, चामल, तेल, मैदा र पिठो लगायत उपलब्ध गराइरहेको छ। अखबार कागजहरू र फर्टिलाइजर पनि स्टक राखिसकेका छौँ।  

वर्तमान परिस्थितिमा उपभोक्ताका लागि मूल्यवृद्धिको जोखिम छ । साल्ट ट्रेडिङले मूल्यमा स्थिरता र सहज आपूर्ति सुनिश्चित गर्न के-कस्ता उपाय अपनाएको छ ?

यहाँहरूले  देख्नु भएकै  होला, वि‌.सं. २०७२ को भूकम्प अथवा कोभिड महामारी  र अघोषित नाकाबन्दीमा पनि सबै चिजको मूल्य वृद्धि हुँदा साल्ट ट्रेडिङले बिक्री गर्ने कुनै वस्तुको भाउ बढेन । हामीले नुनमा पनि मूल्य वृद्धि गरेनौँ । किनभने हामीले १०-११ महिनाको स्टक राख्ने गरेका छौँ ।  भारतको गुजरातमा भूकम्प जाँदा पनि समस्या भएन । 

हामीले त्यहीँबाट नुन ल्याउने हो । भारतमै भारु ६० देखि १५० रुपैयाँसम्म पर्दा पनि हाम्रो मूल्य १८ रुपैयाँदेखि २० रुपैयाँसम्म कायम भएको अवस्था  छ। यस कारणले हामीले बिक्री गर्ने वस्तुमा मूल्य वृद्धि हुन नदिन समयमै मौज्दातमा राख्ने गरेका छौँ । दुई वर्षअगाडि ११५ रुपैयाँसम्म बढेको चिनी अहिले प्याकेजिङ गरेर १०० रुपैयाँमा बिक्री  गरिरहेका छौँ । यो दशैँपूर्वमा ९५ रुपैयाँमा बेचिरहेका छौँ । 

दशैँ नजिकिँदै गर्दा माग बढ्ने सम्भावना धेरै हुन्छ, यस्तो अवस्थामा मूल्य वृद्धि वा  अभावको जोखिम कम गर्न कस्तो व्यवस्थापन गर्नु भएको छ ?

साल्ट ट्रेडिङको स्थापना भनेको नुनकै कारण हो। नेपाल सरकारले नुन आपूर्तिको जिम्मेवारी साल्ट ट्रेडिङलाई दिएको छ । त्यसकारण नेपालभर नुन आपूर्तिको जिम्मेवारी हामीलाई छ। नुन मात्रै नभई अन्य वस्तु पनि बेचिरहेका छौँ । चिनी, चामल, मैदा, तेल लगायत उपभोक्ताका मागअनुसारका वस्तु अभाव हुन दिँदैनौँ । 

देशका सबै क्षेत्रमा अत्यावश्यक वस्तु सहज उपलब्ध छन् या छैनन्? यदि कतै असुविधा र अभाव भए कसरी समाधान गर्नु भएको छ ?

२०६८ साल देखि हामीले नेपाल सरकारको निर्देशन बमोजिम दशैं-तिहारमा विशेष छुट र सहुलियत दरका पसल चलाइरहेका छौँ। अहिले पनि कालीमाटीमा सहुलियत दरको पसल छ । जसमा नुन  प्रतिकेजीमा २ रुपैयाँ छुट, चिनीमा ५ रुपैयाँ ,तेल र मैदा पिठो प्रतिकेजी मा ७ रुपैयाँसम्मको छुटको व्यवस्था गरेका छौँ । 

बाँकी वस्तुमा पनि उपभोक्तालाई  केही छुट दिने गरिरहेका छौँ।  त्यसपछि जहाँ जहाँ हाम्रो माग हुन्छ, त्यहाँ मोबाइल भ्यानबाट पनि सामान उपलब्ध गराउँछौँ । स्थानीय प्रशासन, उपभोक्ता र वडा कार्यालयले माग गरेमा भोलिपल्टै सम्बन्धित टोल र बस्तीमा पुगेर आपूर्ति गर्छौँ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : १६ बजे

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित