नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न « Khabarhub

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक उपस्थिति र पृतनापतिको ‘भर्चुअल’ सहभागितामा पृतनापति समन्वयात्मक बैठक २०८२ सम्पन्न भएको छ ।

बिहीबार भएको उक्त बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।

नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार वर्षको दुईपटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ ।

यही असोजको पहिलो हप्ता जङ्गीअड्डामा समसामयिक परिस्थितिबारे पूर्वप्रधानसेनापतिसँग छलफल तथा अन्तक्र्रिया सञ्चालन भएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ५८ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी