पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा « Khabarhub

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ ।

धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले गुफासम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माण गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।

गाउँसम्म भरपर्दो सडकको आवश्यकता छ । यो वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राखेको र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ वडापालिकाले काम गरिरहेको वडाध्यक्ष रावतको भनाइ छ ।

यहाँको सबैभन्दा अग्लो चुचुरो र गुफा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ । नदैगुफाका डाँडाबाट अग्ला हिमाल नियाल्न सकिन्छ । हिमशृङखलाको मनमोहक दृश्यावलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउन जरुरी छ । नदैबाट देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको वडाध्यक्ष रावतले बताए ।

नदै गुफा मन्दिर संरक्षण तथा निर्माणका लागि गत वर्ष सङ्घीय सरकारको सशर्त अनुदानबाट ९० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट नदैगुफाको भौतिक संरचना निर्माण, गुफासम्म पुग्नका लागि पदमार्ग निर्माण, धर्मशालालगायत भौतिक संरचना निर्माणका लागि सो बजेट खर्च भएको वडाध्यक्ष रावतको भनाइ छ ।

नदैगुफा दुई सय मिटर लामो रहेको छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी बग्ने गरेको । ऐतिहासिक नदैगुफालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न पालिका लागिपरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पूर्वतयारीका साथ लागेर उक्तगुफालाई विकास गरिने उनको भनाइ छ ।

पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र नदै गुफासम्म बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई जोड्न गाउँसम्म सडक सञ्जालको पहुँचलाई विस्तार गरे पर्यटनलाई निकै सहज हुने तिला–९ की आमकला थापाले बताइन् ।

नदैगुफा क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके लोकप्रिय धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण नदैगुफा पर्यटकको रोजाइमा पर्न सकेको छैन । यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके उक्त गुफा जिल्लाकै महत्त्वपूर्ण धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुने यहाँका स्थानीयवासीको भनाइ छ ।

नदैगुफालाई थप पहिचान गर्न होर्डिङ बोर्ड, नक्सा निर्माणको काम यस वर्षदेखि गरिने वडा कार्यालयले जनाएको छ । उक्त वडाका पाँच गाउँमध्ये माथिल्लो खोप्री र तल्लो खोप्री गाउँसम्म सडक सञ्जाल जोडिएको छैन । (रासस)

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : १२ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना