मन्त्रिपरिषद् विस्तारको तयारी : चार जना नयाँ मन्त्री बन्दै « Khabarhub

मन्त्रिपरिषद् विस्तारको तयारी : चार जना नयाँ मन्त्री बन्दै


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यासहित चार वटा मन्त्रालयले नयाँ मन्त्री पाउने बालुवाटार स्रोतको दाबी छ ।

प्रधानमन्त्री कार्कीले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।

स्वास्थ्यमन्त्री बन्न लागेकी शर्मा पूर्व स्वास्थ्य सचिव हुन भने संस्कृतिमन्त्री बन्न लागेका श्रेष्ठ संरक्षण अभियान्ता हुन् । सुनुवार भने दलित अधिकारकर्मी हुन् । खेलकुद मन्त्री बन्न लागेका गुप्तासमेत सामाजिक अभियान्ता हुन् ।

आइतबार नै मन्त्रिपरिषद् विस्तार हुने बताइएको भए पनि राष्ट्रपति कार्यालयले भने शपथको कार्यक्रम सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : १७ बजे

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा

‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन– अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका

पछिल्लो २४ घण्टामा विपद्का घटनाबाट ४ जनाको मृत्यु, १४ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विपद्का घटनामा परी  ४

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी