मन्त्रिपरिषद् विस्तारको तयारी : चार जना नयाँ मन्त्री बन्दै « Khabarhub

मन्त्रिपरिषद् विस्तारको तयारी : चार जना नयाँ मन्त्री बन्दै


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यासहित चार वटा मन्त्रालयले नयाँ मन्त्री पाउने बालुवाटार स्रोतको दाबी छ ।

प्रधानमन्त्री कार्कीले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।

स्वास्थ्यमन्त्री बन्न लागेकी शर्मा पूर्व स्वास्थ्य सचिव हुन भने संस्कृतिमन्त्री बन्न लागेका श्रेष्ठ संरक्षण अभियान्ता हुन् । सुनुवार भने दलित अधिकारकर्मी हुन् । खेलकुद मन्त्री बन्न लागेका गुप्तासमेत सामाजिक अभियान्ता हुन् ।

आइतबार नै मन्त्रिपरिषद् विस्तार हुने बताइएको भए पनि राष्ट्रपति कार्यालयले भने शपथको कार्यक्रम सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : १७ बजे

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल

पम्फा भुसालले चुनाव नलड्ने

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ ।