माओवादीमा जेन–जी रेडफोर्स गठन « Khabarhub

माओवादीमा जेन–जी रेडफोर्स गठन


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरूले जेन–जी रेडफोर्स गठन गरेका छन् । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेन–जी रेडफोर्स अघि बढिसकेको जनाएको हो ।

पत्रकार सम्मेलनमा जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले आफूहरूको एजेन्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानबिनलगायत रहेको जानकारी दिइन् ।

भ्रष्टाचार विरोधी अभियानका लागि सबै भन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताइन्  ।

तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी केन्द्रका अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरिन् ।

उनले उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायत आफूहरू एजेन्डा रहेको बताइन् ।

तिमल्सिनाले कांग्रेस र एमालेको क्रान्तिकारी र परिवर्तनकारीलाई आतङ्कवादी भन्ने पुरानो बानी रहेको बताउँदै केही समयपछि उनीहरूले जेन–जीहरुलाई पनि आतङ्ककारी घोषणा गर्ने खतरा रहेको आशंका गरिन् । 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ४४ बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर