महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान « Khabarhub

महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंसक आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन् ।

उक्त प्रकरणमा संलग्न भएको आरोपमा पछिल्लो पटक पाँचजना पक्राउ परेसँगै हिरासतमा पुग्नेको संख्या १० पुगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले खबरहबलाई बताएअनुसार अहिलेसम्म पक्राउ पर्नेमा होमप्रसाद पौडेल, टीकाराम विक, बुद्धिलाल तामाङ, युवराज क्यापछापी, सोमबहादुर गुरुङ, राजीव गुरुङ, युनिक श्रेष्ठ, अनुपम भण्डारी, सुमित तितुङ र दीपक मगर रहेका छन् ।

पछिल्लो पटक पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन्।

यसअघि उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये चारजना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडियाका २८ वर्षीय टीकाराम विक पक्राउ परेका थिए । उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको मुद्दा दर्ता भई पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

उता प्रहरी जवान उत्तम थापाको हत्या अभियोगमा पक्राउ काभ्रेको रोशी गाउँपालिका–९ राजवासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

जेन-जी आन्दोलनका क्रममा उनीहरूसहित प्रहरी प्रभाग कोटेश्वरका हवलदार अमृत गुरुङको पनि हत्या गरिएको थियो। जेन-जी आन्दोलनमा २२ जना प्रदर्शनकारी, १० जना कैदी, तीनजना प्रहरीको ज्यान गएको थियो । अन्य ४१ जना भने लुटपाट र तोडफोडमा संलग्न हुँदा जलेर, लडेर र अन्य कारणले मरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ३० बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर