तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु « Khabarhub

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार जिल्लामा भएका सवारीसाधन दुर्घटनामा परी ४८ जना घाइते भएका छन् । 

दुर्घटनामा संलग्न सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका नेपालले बताए । दुर्घटनामा २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्याङ्कर तथा अटो रिक्सालगायत छ वटा सवारीसाधन संलग्न रहेका नेपालको भनाइ छ । 

जिल्लामा भित्री सडकखण्डमा सबैभन्दा बढी दुर्घटना भएका उनले जानकारी दिए । जिल्लामा भएका दुर्घटनाका कारण तीव्र गति, सडकको अवस्था तथा चालकको लापरबाही रहेको उनले उल्लेख गरे। ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउँदा हुने दुर्घटनाबाट धेरै क्षति हुने गरेको नेपालले बताए ।  
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : १२ बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर