तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु « Khabarhub

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार जिल्लामा भएका सवारीसाधन दुर्घटनामा परी ४८ जना घाइते भएका छन् । 

दुर्घटनामा संलग्न सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका नेपालले बताए । दुर्घटनामा २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्याङ्कर तथा अटो रिक्सालगायत छ वटा सवारीसाधन संलग्न रहेका नेपालको भनाइ छ । 

जिल्लामा भित्री सडकखण्डमा सबैभन्दा बढी दुर्घटना भएका उनले जानकारी दिए । जिल्लामा भएका दुर्घटनाका कारण तीव्र गति, सडकको अवस्था तथा चालकको लापरबाही रहेको उनले उल्लेख गरे। ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउँदा हुने दुर्घटनाबाट धेरै क्षति हुने गरेको नेपालले बताए ।  
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : १२ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय