निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो « Khabarhub

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च अकुपेन्सीका साथ दशौं दिनमा प्रदर्शनरत छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले पहिलो सातामै ५ करोडमाथि ग्रस कलेक्सन गरेको छ ।

दोस्रो सातामा पनि यस फिल्मको अकुपेन्सी उच्च छ । निर्माता सरोज न्यौपानेको दाबी अनुसार प्रदर्शनको नवौ दिन शनिबार मात्रै यस फिल्मले एक करोडमाथि ग्रस कलेक्सन गरेको छ ।

फिल्मले शनिबार एक करोड एक लाख ३२ हजारको व्यापार गरेको निर्माता न्यौपानेको दाबी छ ।

चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्स अफिसको आकडाअनुसार शनिबार फिल्मले उक्त रकम बराबर ग्रस कलेक्सन गरेको देखिएको उनले बताए ।

पहिलो दिनको भन्दा नवौ दिनमा फिल्मले बढी व्यापार गरेको पाइएको छ । यस फिल्मले पहिलो दिन ७२ लाखको व्यापार गरेको थियो ।

निर्माण पक्षले अहिलेसम्मको पूरा ९ दिनको ग्रस कलेक्सन भने सार्वजनिक गरेको छैन ।

तिहार लक्षित गरेर तीन फिल्म ‘सोल्टिनी’, ‘मैझारो’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएका थिए । यी तीन फिल्मसँग प्रतिस्पर्धा गर्दा पनि ‘जेरी अन टप’को अकुपेन्सीमा कमी आएको छैन ।

यस फिल्ममा अनमोलसहित नायिकाहरु जशिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, नायक भुवन केसी, कलाकार केदार घिमिरे मुख्य भूमिकामा रहेका छन् ।

यसको निर्देशक सुयोग गुरुङ हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ४ : १९ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत