नेपाललाई अमेरिकाले दियो २६३ रनको विशाल चुनौती « Khabarhub

नेपाललाई अमेरिकाले दियो २६३ रनको विशाल चुनौती


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार भइरहेको खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौती दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समित पटेल र मिलिन्द कुमारले विशाल साझेदारी गरेपछि नेपालले विशाल चुनौती पाएकोको हो ।

टस हारेर पहिला ब्याटिङमा गएको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाएर २६२ रन जोडेको हो ।

अमेरिकालाई विशाल स्कोरतर्फ लाने क्रममा समितले ७५ रनको योगदान दिए । अमेरिकाको तर्फबाट तेस्रो विकेटका लागि मिलिन्दसँग समितले ९५ रनको साझेदारी गरे गरे ।

उता मिलन्दले ७० रन जोडे । अमेरिकाका लागि स्यातेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रनको योगदान दिए ।

बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट झारे। १० ओभर बलिङ गरेका सन्दीपले ५६ रन दिए । नेपालका लागि सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत १/१ विकेट झारे।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : ४७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको