अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता « Khabarhub

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ मन्त्री भएका छन्।

विभिन्न सामाजिक आन्दोलनको अगुवाई गर्दै आएका गुप्ता २८ वर्षकै उमेरमा मन्त्री भएका हुन्।

गुप्ता हालसम्मको इतिहासमा नेपालकै सबैभन्दा कान्छो उमेरमा मन्त्री बन्ने रेकर्ड राख्न सफल भएका छन् ।

सिराहा स्थायी घर भएका उनी आइतबार २८ वर्षकै उमेरमा संघीय युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

शालिन स्वभावका गुप्ता विनम्र र दयालु रहेको उनीनिकट व्यक्तिहरू बताउँछन् । नागरिकता अनुसार उनको जन्म मिति २०५४ फागुन २५ गते रहेको छ ।

मन्त्री बनेलगत्तै पदभार गरेका गुप्ताले खेलकुद मन्त्रालयको सबै बैठक लाइभ गर्ने निर्णयसमेत गरिसकेका छन्।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको थियो ।

त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेयता यो तेस्रो विस्तार हो ।

यसअघि २०७९ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको क्याबिनेटमा सबैभन्दा कान्छा मन्त्री अब्दुल खान थिए । जनमत पार्टीबाट समानुपातिक सांसद उनी ३५ वर्षमा मन्त्री भएका थिए ।

त्यसअघि २०६८ सालमा मोहम्मद इस्तियाक राई ३१ वर्षमै मन्त्री भएका थिए। उनले त्यसबेला श्रम मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

जैइसापुर-५ बाँकेका राई १५ वर्षबाटै राजनीति थालेका थिए । ०६२ देखि मधेसी जनाधिकार फोरम नेपालमा लागेका उनले ०६३ सालको मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ५ : १२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर