विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित « Khabarhub

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ । 

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए । यस्तै,  आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २०  तथा सोमपाल कामीले ११  रन बनाए ।

अमेरिकाका लागि हर्मित सिंहले छ विकेट लिए भने शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए ।

त्यसअघि ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २६२ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा नौ चौकाको सहयोगमा ७५ रन बनाएका हुन् । त्यस्तै मिलन्द कुमारले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा छ चौका र दुई छक्का प्रहार गरे । सैतेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए । 

यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : ०८ बजे

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का