विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित « Khabarhub

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ । 

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए । यस्तै,  आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २०  तथा सोमपाल कामीले ११  रन बनाए ।

अमेरिकाका लागि हर्मित सिंहले छ विकेट लिए भने शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए ।

त्यसअघि ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २६२ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा नौ चौकाको सहयोगमा ७५ रन बनाएका हुन् । त्यस्तै मिलन्द कुमारले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा छ चौका र दुई छक्का प्रहार गरे । सैतेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए । 

यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : ०८ बजे

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित