काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक « Khabarhub

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आइतबार गरिएको विशेष चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

बाफल क्षेत्रबाट बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक, कालिकोट पचालझरना गाउँपालिका–७ का ३४ वर्षीय खम्ब दमाई, बा ५ ख ७९१ नम्बरको भाडा बस चालक, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ का ३४ वर्षीय सिताराम गिरी, र बागमती प्रदेश ०१–००२ ज ८५१८ नम्बरको हायस चालक, काठमाडौं टेकु बस्ने ६७ वर्षीय मोचाकाजी महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै, बागमती प्रदेश ०१–००६ ख ८९८३ नम्बरको महानगर यातायातको बस चालक, मेलम्ची नगरपालिका–१३ का ३७ वर्षीय सकुल डोटेललाई गौशालाबाट र बा ४ ख ९३५६ नम्बरको बस चालक, नुवाकोट विदुर नगरपालिका–२ का ३७ वर्षीय राजु कटुवाललाई चाबहिलबाट नियन्त्रणमा लिइएको छ।

बागमती प्रदेश ०१–००६ ख ५४३१ नम्बरको रात्रिकालीन बस चालक, सप्तरी राजविराज नगरपालिका–११ का ४० वर्षीय धर्मदेव यादवलाई कोटेश्वरबाट र बा ४ ख ४१० नम्बरको माइक्रो चालक, सर्लाही बागमती नगरपालिका–१ का ३६ वर्षीय अजय गोलेलाई ललितपुरको सातदोबाटोबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी चलाइरहेको अवस्थामा फेला परेका थिए। नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको प्रवक्ता सुवेदीले बताए।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : ३१ बजे

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता