काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक « Khabarhub

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आइतबार गरिएको विशेष चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

बाफल क्षेत्रबाट बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक, कालिकोट पचालझरना गाउँपालिका–७ का ३४ वर्षीय खम्ब दमाई, बा ५ ख ७९१ नम्बरको भाडा बस चालक, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ का ३४ वर्षीय सिताराम गिरी, र बागमती प्रदेश ०१–००२ ज ८५१८ नम्बरको हायस चालक, काठमाडौं टेकु बस्ने ६७ वर्षीय मोचाकाजी महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै, बागमती प्रदेश ०१–००६ ख ८९८३ नम्बरको महानगर यातायातको बस चालक, मेलम्ची नगरपालिका–१३ का ३७ वर्षीय सकुल डोटेललाई गौशालाबाट र बा ४ ख ९३५६ नम्बरको बस चालक, नुवाकोट विदुर नगरपालिका–२ का ३७ वर्षीय राजु कटुवाललाई चाबहिलबाट नियन्त्रणमा लिइएको छ।

बागमती प्रदेश ०१–००६ ख ५४३१ नम्बरको रात्रिकालीन बस चालक, सप्तरी राजविराज नगरपालिका–११ का ४० वर्षीय धर्मदेव यादवलाई कोटेश्वरबाट र बा ४ ख ४१० नम्बरको माइक्रो चालक, सर्लाही बागमती नगरपालिका–१ का ३६ वर्षीय अजय गोलेलाई ललितपुरको सातदोबाटोबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी चलाइरहेको अवस्थामा फेला परेका थिए। नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको प्रवक्ता सुवेदीले बताए।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : ३१ बजे

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ