नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने ६ जना जेल चलान | Khabarhub Khabarhub

नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने ६ जना जेल चलान


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीलाई प्रलोभनमा पारी भारत पुर्याएर मिर्गाैला बेच्ने गरेको आरोप लागेका ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

विभिन्न समयमा पक्राउ परेका प्रतिवादीविरुद्ध मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध कसुरमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले जेल चलानको आदेश गरेको सूचना अधिकारी दीपक श्रेष्ठले खबरहबलाई जानकारी दिए।

जेल चलान हुनेमा राजकुमार परियार, श्याम कृष्ण भण्डारी, सुजन गिरी भन्ने सुजन भारती, राकेश नेपाली, समीर नेपाली र राजु तामाङ भन्ने राजु घलानलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको हो। उनीहरूलाई कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ।

प्रहरीका अनुसार प्रतिवादीहरूले भारतको विभिन्न सहरमा आकर्षक रोजगारी र तलबको प्रलोभन देखाई भारत पु¥याएर विभिन्न क्लिनिकहरूमा अवैध रुपमा मिर्गौला झिकी भारतबाट नेपाल ल्याई छाडिदिने गरेको अनुसन्धानमा खुलेको छ।

पीडितले दिएको जाहेरीका आधारमा प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा समीर नेपालीलाई साउन २१ गते काठमाडौंको नयाँबसपार्कबाट, राकेश नेपालीलाई २२ गते टोखा बानियाँटारबाट, राज कुमार परियारलाई पाचँखाल–१० काभ्रेबाट, श्याम कृष्ण भण्डारीलाई भदौ ११ गते कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमानाका र उनका सहयोगी सुजन गिरी भन्ने सुजन भारतीलाई पर्सा प्रहरीको सहयोमा वीरगञ्जस्थित सिमानाकाबाट नेपाल प्रवेश गरिरहेको अवस्थामा, राजु तामाङ भन्ने राजु घलानलाई भदौ १४ गते र सबिन पन्तलाई भदौ १५ गते पक्राउ गरिएको थियो।

उनीहरूले नेपालीलाई भारत लगेर ६ लाख रुपैयाँमा मिर्गौला तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। यो गिरोहले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङ्गका गरिब नागरिकको खोजी गरेर मिर्गौला निकाल्न भारत लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ।

मिर्गौला दिने मानिस खोजेबापत बिचौलियाले प्रतिव्यक्ति ५० हजार रुपैयाँ पाउने गरेका थिए। ३–४ दिन अस्पताल राखेपछि गाडीमा नेपाल फर्काउने गरेका थिए। मिर्गौला दिने मान्छेलाई ६ लाख दिने भने पनि प्रहरीमा उजुरी गरेका एक जना पीडितले भने ५ हजार रुपैयाँ मात्रै पाएको बताएका छन्।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार प्रचलित कानुनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : ०५ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै