नवनियुक्त खेलकुदमन्त्री गुप्तामाथि शोभा पाठकको यस्तो आरोप « Khabarhub

नवनियुक्त खेलकुदमन्त्री गुप्तामाथि शोभा पाठकको यस्तो आरोप


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार (आज) युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि शोभा पाठकले विभिन्न आरोप लगाएकी छन्।

उनले नेकपा एमालेका नेता महेश बस्नेतसँग मिलेर मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्दा हाल्न गुप्ताले पटकपटक धम्की दिएको आरोप लगाएकी हुन्।

पाठक र बस्नेत जोडिएर विभिन्न कुराहरू सार्वजनिक भएका थिए। उनीहरुको यस विषय अदालतसमेत पुगिसकेको थियो।

‘जुन बेला हाम्रो त्यो बेड (बस्नेत र पाठक)को फोटो बाहिर निस्केको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच ‘वार कि पार’को अवस्था थियो। म त्यतिबेला निकै मानसिक तनावमा थिएँ,’ उनले भनेकी छन्, ‘त्यसबेला दुर्गा प्रसाईंमाथि मुद्दा हाल्ने कुरा आयो तर म त्यसमा सहमत हुन सकिनँ।’

उनले आफूले व्यक्तिगतरुपमा गुप्तालाई नचिने पनि बस्नेतसँगै भेटेको बताइन्। ‘दुर्गा प्रसाईंलाई मुद्दा नहाल्ने निर्णयपछि महेश बस्नेत लगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लगे। त्यहाँ बब्लु गुप्ता पनि थिए। म त्यतिबेला उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँथें,’ उनको आरोप छ, ‘त्यही घरमा मलाई धम्की दिइयो– यो कुरा भन, नत्र तेरो ज्यान छैन’ भनेर।’

बब्लु गुप्ता पैसाका लागि जे पनि गर्ने मान्छे भएको पाठकको आरोप छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : १८ बजे

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित