जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल खोलामा भेटियो « Khabarhub

जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल खोलामा भेटियो


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल खोलामा फेला परेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका– ५, टीकाथलीबाट उक्त पेस्तोल आज बरामद भएको हो। साथमा ३ राउण्ड गोली पनि छ।

टाइप ५४ लेखिएको उक्त पेस्तोल प्रहरीसँग मात्रै छ। इमाडोल हुँदै महालक्ष्मी-५ बग्ने गोदावरी खोलामा हतियार देखिएको सूचना पाएपछि प्रहरीले बरामद गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।

हतियार कहाँबाट कसले त्यहाँ लग्यो, यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले वरिपरि जडान भएका सिसिटिभी फुटेजको अध्ययनपछि हतियार लुट्ने व्यक्ति र लुटिएको ठाउँ पहिचान गर्ने प्रहरी प्रमुख बोगटीले बताए।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : ३० बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी