अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु « Khabarhub

अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएको टोलीका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको हो।

६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई क्याम्प–३ बाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो। उपचारका क्रममा ७ कात्तिकमा उनको मृत्यु भएको विभागले जनाएको छ।

यस्तै, ८के एक्सपिडिसनमार्फत अमादब्लम आरोहणमा गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको विभागले पुष्टि गरेको छ। आरोहणका क्रममा उनी क्याम्प–१ र क्याम्प–२ बीचमा मृत्यु भएको जनाइएको छ।

विभागका अनुसार दुवै आरोहीको शव सम्बन्धित मुलुकमा पठाउने प्रयोजनका लागि आवश्यक समन्वय र सहजीकरण भइरहेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : ४५ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक