च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो नमिठो हार « Khabarhub

च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो नमिठो हार


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बार्सिलोनालाई नमिठो हार चखाएको छ।

खेलमा आत्मघाती गोल र रातो कार्ड खाएको बार्सिलोनामाथि चेल्सीले ३–० को शानदार जित निकालेको हो।

खेलको २७ औं मिनेटमा जुल्स कुनडेको आत्मघाती गोलसँगै चेल्सीले अग्रता लिएको थियो। खेलको ४४ औं मिनेटमा दोहोरो पहिलो कार्ड खाँदै बार्सिलोनाका रोनाल्ड अराउजोले मैदान छोडेका थिए।

१० खेलाडीमा सीमित बार्सिलोनामाथि दोस्रो हाफमा चेल्सी हाबी भएको हो। उसका लागि ५५ औं मिनेटमा एस्टेवाओ र ७३ औं मिनेटमा लियम डेलापले गोल गर्दै ३-० को शानदार जित दर्ता गरेका हुन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : ३१ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण