प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो समुदायका अगुवाले आपत्ति जनाएका छन्। देशमा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको भएकाले निन्दनीय र पदको मर्यादाविपरीत भएको भन्दै आपत्ति जनाएका छन्।

‘मुलमानको प्रवृत्ति व्यवहार हेर्छौ। त्यो व्यवहार अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाँड्ने गरेको देखिन्छ। कतिपय देशमा महिलालाई पढ्न नदिने अहिले पनि छ’, एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘…मसुसलमानले सात वर्षको बच्चाको विवाह गर्ने अरु कुरालाई संर्कीण बनाउँदै बनाउँदै लगे।’

डा. अबुल हुसेन अन्सारीले सूचना सार्वजनिक गर्दै यस्तो गैर–जिम्मेवार अभिव्यक्तिप्रति समग्र मुस्लिम समुदायले गम्भीर खेद गरेका हुन्।

उनले अमर्यादित गतिविधिविरुद्ध समुदायको संयुक्त रूपमा छलफल तथा भेला आयोजना गरिएको भन्दै उपस्थित हुन सम्पूर्ण मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेका छन्।

मुस्लिम समुदायले कार्की ब्याङक्वेट बबरमहलमा दिउँसो २ बजे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध कार्यक्रम गर्न लागेकोसमेत उनले जानकारी दिएका छन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ५३ बजे

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर