चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण « Khabarhub

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन १ गते २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको रहेको सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ थपिएको हो ।

समीक्षा अवधिमा सरकारको आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने बाह्य ऋण दायित्व १४ खर्ब ५३ अर्ब ४५ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा सरकारले १ खर्ब ३८ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको छ भने १२ खर्ब ७६ अर्ब ११ करोड ७० लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको छ ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले ५७ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको कार्यालयले जनाएको छ । साथै, सो सरकारले ७१ अर्ब ८५ करोड ९४ लाख रुपैयाँ सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो जसमा कात्तिक मसान्तसम्म वार्षिक लक्ष्यको २३.२९ प्रतिशत ऋण परिचालन गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ३४ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण