परम्परागत खेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती « Khabarhub

परम्परागत खेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।
 
गहुँ, मकै र कोदो बाली लगाउने बारीमा स्थानीयले नगदे बालीका रुपमा सुन्तलाखेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । उत्पादन भएको सुन्तला बोटबाटै बिक्री हुने र खेती गर्न पनि झन्झटिलो नहुने भएपछि परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेतीलाई अघि बढाइएको स्थानीय योगेन्द्रमान शेरचनले जानकारी दिए ।

शेरचनले करिब सात रोपनी बारीमा कोदो र मकैखेती छाडेर सुन्तला विस्तार गरेका छन् । चार सय ५० बोट सुन्तला रोप्नुभएकामा अहिले एक सय ५० बोटबाट सुन्तला उत्पादन हुन थालेको उनले बताए । 

सिँचाइको सुविधा नभएको बारीमा अन्नबाली छाडेर सुन्तलाखेती विस्तार गरेपछि आयआर्जनमा टेवा पुग्न थालेको छ । अर्भल्याङ बस्तीका अधिकांश घरपरिवारले सुन्तलाखेती विस्तार गर्न थालेका छन् । अन्नबालीको विकल्पमा सुन्तलाखेती विस्तार गर्न थालेपछि गाउँ नै सुन्तला गाउँका रूपमा विकास हुन थालेको छ ।

स्थानीय लालमती रोका, प्रासर कँडेल, कलाधर कँडेल, केसमान शेरचन, पदमबहादुर रोका, यामबहादुर रोका, भबिलाल किसान, नन्दलाल विकलगायतले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । 

पछिल्ला केही वर्षयता मात्र गाउँमा करिब दुई हजार नयाँ सुन्तलाका बोट रोपिएको छ । उत्पादन भएको सुन्तलाको बजार अभाव नहुने र बोटबाटै बिक्री हुने सुविधाले सुन्तलाखेतीतर्फ आकर्षण बढाएको छ । स्थानीय अगुवा सुन्तलाखेती किसान लालमती रोकाले आफ्नो बगैँचाका २५० बोटले उत्पादन दिने र थप ८० बोट सुन्तला विस्तार गरेको जानकारी दिए। 

उनले यस वर्ष बगैँचामा फलेका सुन्तला खरिदका लागि व्यवसायीले बगैँचामै आएर ठेक्का लिएको दिए । 

‘गत वर्ष हाँगा नै भाचिने गरी सुन्तला फलेको थियो, प्रतिकिलो रु ५५ मा सुन्तला बेचेका थियौँ, यो वर्ष एक क्यारेट सुन्तलालाई रु एक हजार ५०० मा लैजाने समझदारी भएको छ’, उनले भने। गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन केही घटेको छ । रोकाको परिवारले गत वर्ष चार लाख बराबरको सुन्तला बिक्री गरेका थिए ।
 
यस गाउँमा सुन्तलाखेती विस्तारका लागि किसानले ‘सोलिघोप्टे कृषक समूह’ मा आबद्ध भएर सुन्तलाको व्यावसायिक खेती विस्तारमा लागेका छन् । सुन्तलाखेतीबाट नगद आम्दानी हुने भएपछि उत्साहित बनेर अघि बढेका किसानलाई सुन्तलाका बोट सुक्ने समस्या प्रमुख चुनौती बनेको छ । 

फल लागेका र नयाँ विस्तार गरेका सुन्तलाका बोट सुक्ने समस्या देखिएको र यसको रोकथाम र उपचारका लागि गाउँपालिकालाई अनुरोध गरिएको स्थानीय किसान प्रासर कँडेलले बताए। 
 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १२ : २१ बजे

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर