परम्परागत खेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती « Khabarhub

परम्परागत खेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।
 
गहुँ, मकै र कोदो बाली लगाउने बारीमा स्थानीयले नगदे बालीका रुपमा सुन्तलाखेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । उत्पादन भएको सुन्तला बोटबाटै बिक्री हुने र खेती गर्न पनि झन्झटिलो नहुने भएपछि परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेतीलाई अघि बढाइएको स्थानीय योगेन्द्रमान शेरचनले जानकारी दिए ।

शेरचनले करिब सात रोपनी बारीमा कोदो र मकैखेती छाडेर सुन्तला विस्तार गरेका छन् । चार सय ५० बोट सुन्तला रोप्नुभएकामा अहिले एक सय ५० बोटबाट सुन्तला उत्पादन हुन थालेको उनले बताए । 

सिँचाइको सुविधा नभएको बारीमा अन्नबाली छाडेर सुन्तलाखेती विस्तार गरेपछि आयआर्जनमा टेवा पुग्न थालेको छ । अर्भल्याङ बस्तीका अधिकांश घरपरिवारले सुन्तलाखेती विस्तार गर्न थालेका छन् । अन्नबालीको विकल्पमा सुन्तलाखेती विस्तार गर्न थालेपछि गाउँ नै सुन्तला गाउँका रूपमा विकास हुन थालेको छ ।

स्थानीय लालमती रोका, प्रासर कँडेल, कलाधर कँडेल, केसमान शेरचन, पदमबहादुर रोका, यामबहादुर रोका, भबिलाल किसान, नन्दलाल विकलगायतले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । 

पछिल्ला केही वर्षयता मात्र गाउँमा करिब दुई हजार नयाँ सुन्तलाका बोट रोपिएको छ । उत्पादन भएको सुन्तलाको बजार अभाव नहुने र बोटबाटै बिक्री हुने सुविधाले सुन्तलाखेतीतर्फ आकर्षण बढाएको छ । स्थानीय अगुवा सुन्तलाखेती किसान लालमती रोकाले आफ्नो बगैँचाका २५० बोटले उत्पादन दिने र थप ८० बोट सुन्तला विस्तार गरेको जानकारी दिए। 

उनले यस वर्ष बगैँचामा फलेका सुन्तला खरिदका लागि व्यवसायीले बगैँचामै आएर ठेक्का लिएको दिए । 

‘गत वर्ष हाँगा नै भाचिने गरी सुन्तला फलेको थियो, प्रतिकिलो रु ५५ मा सुन्तला बेचेका थियौँ, यो वर्ष एक क्यारेट सुन्तलालाई रु एक हजार ५०० मा लैजाने समझदारी भएको छ’, उनले भने। गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन केही घटेको छ । रोकाको परिवारले गत वर्ष चार लाख बराबरको सुन्तला बिक्री गरेका थिए ।
 
यस गाउँमा सुन्तलाखेती विस्तारका लागि किसानले ‘सोलिघोप्टे कृषक समूह’ मा आबद्ध भएर सुन्तलाको व्यावसायिक खेती विस्तारमा लागेका छन् । सुन्तलाखेतीबाट नगद आम्दानी हुने भएपछि उत्साहित बनेर अघि बढेका किसानलाई सुन्तलाका बोट सुक्ने समस्या प्रमुख चुनौती बनेको छ । 

फल लागेका र नयाँ विस्तार गरेका सुन्तलाका बोट सुक्ने समस्या देखिएको र यसको रोकथाम र उपचारका लागि गाउँपालिकालाई अनुरोध गरिएको स्थानीय किसान प्रासर कँडेलले बताए। 
 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १२ : २१ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन