‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखबढी कमाइ « Khabarhub

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखबढी कमाइ


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘परान’ले अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो सफलता हासिल गरेको छ। विश्वका विभिन्न देशहरूमा प्रदर्शन भैरहेको यस फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा मात्र ६० लाखभन्दा बढी कमाइ गरेको छ।

अष्ट्रेलियाली वितरण व्यवस्थापनका अनुसार, हाल फिल्म प्रतिष्ठित मल्टिप्लेक्सहरूमा दैनिक रूपमा प्रदर्शन भइरहेको छ। विभिन्न राज्यका अधिकांश हलहरूमा ‘परान’को शो जारी रहेको र दर्शकहरूको उत्साह निरन्तर बढ्दै गएको बताइएको छ। आयोजकहरूले दर्शकहरूलाई हलको समयतालिका जाँचेर समयमै टिकट बुक गर्न आग्रह गरेका छन्।

‘परान’ले उत्कृष्ट कथावस्तु, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय बक्स अफिसमा यस फिल्मले वर्षकै सफल नेपाली फिल्ममध्ये एकको रूपमा आफ्नो स्थान बनाइसकेको छ।

अहिलेसम्म अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, कोरिया, माल्टा, पोर्चुगल, फिनल्यान्ड र बेलायतमा प्रदर्शन भइरहेको छ। वितरण कम्पनीका अनुसार, दर्शकहरूको उत्साह, समर्थन र प्रेमका कारण अतिरिक्त शो थप्ने माग पनि बढ्दै गएको छ।

फिल्मका लेखक तथा निर्देशक दीपक प्रसाद आचार्यले अन्तर्राष्ट्रिय दर्शकबाट प्राप्त समर्थनप्रति हर्ष व्यक्त गर्दै सबैको आभार प्रकट गरेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : ३२ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल