चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टको शिकार  « Khabarhub

चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टको शिकार 


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका दुवै ओपनर सस्तैमा आउट भएका छन् । 

ओपनरद्वय दीपक बोहोरा र डेविड मलानलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले आउट गराएका हुन् । 

दोस्रो विकेटका रुपमा ३ ओभरको चौथो बलमा आउट भएका डेविडले ९ बलमा १७ रन जोडे । तीन चौका प्रहार गरेका उनलाई मर्चेन्टले बोल्ट गरे ।

 पहिलो विकेटका रुपमा ओपर दीपक बोहोरा आउट भएका हुन् । खेल दोस्रो ओभरको तेस्रो बलमा पुग्दा उनी ५ बलमा ५ रन जोडेर आउट भएका हुन् । उनलाई मर्चेन्टले नै विकेट किप्पर लोकेश बममार्फत् क्याट आउट गराएका हुन् । 

खेल चार ओभरमा पुग्दा चितवन २ विकेटको क्षतिमा २४ रनको सामान्य अवस्थामा छ । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : २३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली